youtube.com – नेपाल हाम्रो घर हो, डेरा होईन

नेपाली भनेर होइन बनेर देखाउने हो। यदि यो देश ढले, हामी पनि यसै साथ ढल्छौँ।
आउनुहोस् विवेकशील नेपाली बनौँ, नेपाली राजनितिलाई बदलौँ।
Become a BibekSheel Nepali & transform the way this country is run 🙂

— हाम्रो वेबसाईट Website: http://leadnepal.com
— फेसबुकमा: http://facebook.com/bibeksheelnepali
— एस-एम-एस: ७००१ फोन: 98511-49214 ईमेल: help@leadnepal.com
— Please share this video. shortlink सम्झनको लागि छोटो लिंक: bit.ly/leadnepalvideo

— यस भिडियोको शब्दहरु आत्मसाथ गरौँ र साथीलाई भनौँ:  नेपाल हाम्रो घर हो, डेरा होईन

कुनै घरमा डेरा गरेर बस्नु र त्यसैको मालिक हुनुमा नितांत फरक छ।
यदि त्यो घरको भित्ताहरु चर्कियो भने डेरा वाला लाई वास्ता हुँदैन, उ त सजिलै अर्को घरमा सर्न सक्छ। तर घर मालिकलाई थाहा छ कि आफ्‌नो घरको हेरचाह आफै गर्नुपर्छ, अरु कोहि आउनेवाला छैन । त्यसैले उ आफैले त्यस घरको भित्ता टाल्दछ।

४ मध्य ३ नेपालीहरु तपाईँ-हामी जस्तै युवा हौँ। समस्या यत्ति हो कि हामीले चाहिँ देशलाई डेरा ठानेका छौँ। हामीले अघिल्लो पुस्तालाई यो देश बरबाद गर्न दिएका छौँ । उनीहरुको झगडामा हामीलाई कठपुतली बनाउन दिएका छौँ। “तिमीहरुले यो देश कहाँ हाँक्न सक्छौ?”
उनीहरुका यस्ता बकुम्फुसे गफ वारम्बार पत्याएर आफैलाई उल्लु बनाउन दिएका छौँ।
उनीहरुलाई यो देश लुट्न दिएका छौँ।

अहिले हामी कोहो रक्सीको चुस्कीमा लुकेका छौँ त कोहो आफ्‍नो धर्म वा समाजको बन्धनमा।
कोहि हामी ईन्टरनेटमा सिमित छौँ त चिया गफमै। यो सोच्दैछौँ कि कुनै दिन यो नेपाल भास्सिएर बिलाँउछ अनि बल्ल नया नेपालमा हामी जान पाँउनेछौँ।

आफु घर भित्र लुक्छौँ र अरु नै कोहि हाम्रो लागि सडकमा जाअोस् भन्ने चाहन्छौँ।
अहिले हामी मतदाता कार्ड होईन, ग्रिन कार्ड खोज्छौँ। हामी आवेशमा छौँ , तर केहि गर्न भने डराँउछौँ। यो देश बचाउने ठेक्का अर्को बुद्ध वा पशुपतिनाथको होईन । न त कुनै दाताकै।
सरकार र अहिलेका राजनितिक शक्तिहरुले त प्रस्ट देखाईसकेका छन् , कि यो काम उनीहरुको पनि होईन। जिम्मेवारी भनेको आफैले निर्वाह गर्ने हो। नेपाली भनेर होइन बनेर देखाउने हो।

अब बिकल्प कुर्दै बस्ने होइन अाफै हुने हो। किनकि यो देश ढले, हामी पनि यसैसाथ ढल्छौँ । अहिले नगरे कहिले ? हामीले नगरे कसले?

disclaimer – video shared from YouTube. i did not make it, or was involved in making it, and do not own the copyright or left to the video. I am sharing it because it reverberates with my thought and desire to do something for my country. I also shared it, because I could share it, via  YouTube standard license agreement. The Nepali video was itself inspired by the African Video (linked above). Music credit: Peas In A Pod

Published by prashant

adhere and assimilate. pursuing public health.